Logo

अत्याधिक बर्षातले पूर्वमा विद्युत आपूर्ति बन्द, कावेलीको टावर ढल्यो, दुबही–ढल्केबरमा समस्या

अत्याधिक बर्षातले पूर्वमा विद्युत आपूर्ति बन्द, कावेलीको टावर ढल्यो, दुबही–ढल्केबरमा समस्या


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अविरल बर्षाको कारण पूर्बी जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । विगत २/३ दिन देखिको पूर्व तथा मध्य नेपालमा भैरहेको अविरल बर्षाको कारण प्रशारण लाइन, सब स्टेशन तथा वितरण प्रणाली लगायतहरुका संरचनाहरुमा क्षति पुग्न गई विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

विशेषगरी पूर्वाञ्चलको दुहबी स्थित १३२ केभी सब स्टेशन जलमग्न भएको, अनारमनी (कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेको, खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा समस्या आएकाले सो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको प्राधिकरणका प्रबन्ध दिर्नेशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार हेटौंडा–चपुर–ढल्केबर प्रशारण लाइनमा ठुला रुखहरु ढलेर प्रसारण लाइनमा समस्या आएकाले सो क्षेत्रमा विद्युत आपूर्ति हुन सकेको छैन ।

हेटौडा–ढल्केबर र खिम्ती–ढल्केबर प्रशारणलाईनमा समस्या आउँदा हेटौडादेखि पूर्बी क्षेत्रमा विद्युत आपूर्ति हुन नसकेको प्राधिकरणले जानकारी दिएको छ ।
बिहान साढे ७ बजेदेखि पूर्वाञ्चलका सम्पूर्ण जिल्लामा विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण विराटनगर क्षेत्रीय कार्यालयका निर्देशक बज्रभुषण चौधरीले जानकारी दिए । ‘पूर्वाञ्चलको विद्युत आपूर्ति हुने दुहबी स्थित १३२ केभी सब स्टेशनमा ३ फिट अग्लो पानी जमेको छ,’ उनले भने, ‘उक्त पानी हटेर मेसिनलाई नतताएसम्म विद्युत आपूर्ति गर्न सकिँदैन ।’

उनका अनुसार बाढीका कारण सब स्टेशनको कम्पाउण्ड समेत बगाएको र त्यसले गर्दा कहाँ कति क्षति पुगेको छ भन्ने यकिन समेत गर्न सकिएको छैन । बाढीले क्षति पुर्याएको स्थानको सम्पूर्ण मर्मत सम्भार गरेर सो क्षेत्रमा विद्युत आपूर्ति गर्न झण्डै १ हप्ता लाग्न सक्ने समेत उनले जानकारी दिए । ‘यस क्षेत्रमा अझै ठूलो मात्रामा पानी परिरहेको छ भने जलमग्न हुने क्रम अझै बढेको छ,’ उनले भने, ‘सब स्टेशनको पुरै पानी सुकाएर मेसिन सफा नगरेसम्म विद्युत आपूर्ति गर्न सकिँदैन ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL