Logo

रासायनिक मल उत्पादनको बन्यो तालिका, ६८ अर्ब लगानी, ६ बर्षमा उत्पादन शुरु

रासायनिक मल उत्पादनको बन्यो तालिका, ६८ अर्ब लगानी, ६ बर्षमा उत्पादन शुरु


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । लगानी बोर्डले रासायनिक मल उत्पादनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । लगानी सम्मेलनमार्फत आएको प्रतिबद्धतालाई लगानीमा रुपमान्तरण गर्ने उद्देश्य अनुरुप पहिलो चरणमा रासायनिक मल उत्पादन गर्ने गरी कार्यतालिका निर्माण गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । ‘हामीले काम शुरु गरेको झण्डै ६ बर्षभित्रमा उत्पादन शुरु गर्नेगरी कार्यतालिका सार्वजनिक गरेका छौं,’ उनले भने, ‘विकासको मोडालिटी स्वीकृति भएको १ वर्षभित्रमा वित्तीय व्यवस्थापनको काम सम्पन्न हुनेछ ।’
बौर्डले रासायनिक मल उत्पादनका लागि लाग्ने खर्चको विषयमा सम्भाव्यता प्रतिवेदन समेत तयार पारिसकेको छ । जस अनुसार उक्त कारखाना स्थापनाका लागि ६८ अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ ।

बोर्डका अनुसार अबको ६ महिना भित्र रासायनिक मल उत्पादन गर्ने गरी बोलपत्र आब्हान गरिने भएको छ । बोर्डले बोलपत्र आब्हानका लागि ३ महिनाको समयावधि दिएको छ त्यसको ३ महिनामा आशयपत्र प्रकाशन तथा मूल्याङ्क गर्ने जानकारी दिएको छ ।

यसैगरी, काम शुरु भएको ९ महिनामा निर्माता कम्पनी छनौट गर्ने लक्ष्य लिइएको छ भने विकास सम्झौता वार्ता तथा त्यसको हस्ताक्षरका लागि ६ महिनाको समयावधि छुट्याएको छ । उक्त सम्झौता भएको २ महिना पछि छनौट भएको कम्पनीले वित्तीय व्यवस्थापन गरिसक्नुपर्ने हुन्छ ।

बोर्डले तयार पारेको कार्यसुची अनुसार कम्पनी निर्माणका लागि ३ बर्ष लाग्ने भएको छ । निर्माण प्रक्रिया अघि बढाएको ३ वर्ष भित्रमा निर्माणकार्य सम्पन्न गरी मल उत्पदान शुरु गर्नुपर्ने अधिकारीले जानकारी दिए ।

बोर्डले केही समय अघि रासायनिक मल उत्पादनका लागि भारतको गोरखपुरबाट भैरहवासम्म प्राकृतिक ग्याँस ल्याउने सम्झौता समेत गरिसकेको छ । केही समय अघि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनबीच भएको पेट्रोलियम सम्झौतामा भारतले गोरखपुरबाट भैरहवासम्म रासायनिक मल उत्पादनका लागि आवश्यक प्राकृतिक ग्याँस ल्याइदिने भएको छ । सो सम्बन्धमा हाल भएको सर्भे अनुसार नवलपरासीमा कारखाना राख्नेगरी काम अघि बढाईएको बोर्डले जानकारी दिएको छ ।

बोर्डले हालका लागि नवलपरासीको बर्दघाटमा कारखाना राख्ने गरी काम अघि बढाएको छ । तर, अध्ययनले उदयपुरको जलजले र धनुषाको ढल्केबरमा पनि राख्न सकिने देखाएकोले कारखाना कहाँ रहन्छ भन्ने विषयमा टुङ्गो नलागेको बोर्डले जानकारी दिएको छ ।

लगानी सम्मलेनमार्फत नेपालटमा विभिन्न क्षेत्रमा साढे १४ खर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो । जस अनुसार रासायनिक मल उत्पादनका लागि प्रक्रिया अघि बढाइएको बोर्डले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL