Logo

द्वुतमार्ग निर्माणको कार्यविधी अनुमोदन, १५० मिलियन डलर ऋण लिन समिति गठन

द्वुतमार्ग निर्माणको कार्यविधी अनुमोदन, १५० मिलियन डलर ऋण लिन समिति गठन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मन्त्रिपरिषद्कोे बैठकले काठमाडौं–तराई–मधेस जोड्ने द्वुत मार्ग निर्माण कार्यविधी पारित गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो द्वुतमार्ग छिटो बनाउने सम्बन्धी कार्यविधी पारित गरेको हो ।

कार्यविधी पारित भएसँगै द्वुत मार्गलाई छिटो र सहज रुपमा निर्माण गर्न सकिने भएको छ । आज बसेको बैंठकले द्वुत मार्ग निर्माणको कार्यविधी पारितसँगै एसियाली विकास बैंकसँग सहुलिय ऋण लिनका लागि समिति समेत गठन गरिएको अर्थ मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

कार्कीका अनुसार एसियाली विकास बैंकले सहरी विकासका लागि दिन लागेको १ सय ५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण लिनका लागि समिति गठन गरिएको हो । अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ ।

यसैगरी सरकारले स्वास्थ्य मन्त्रालयका सचिवमा डा. किरण रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL