Logo

संक्रमित क्षेत्र सिल गरौं, सुरक्षित क्षेत्र खोलौं : डा रबीन्द्र पाण्डे

संक्रमित क्षेत्र सिल गरौं, सुरक्षित क्षेत्र खोलौं : डा रबीन्द्र पाण्डे



काठमाडौं । पहिले एक जना संक्रमित बढ्दा असामान्य लाग्थ्यो | आज १७० जना बढेर १२१२ जना संक्रमित भएका छन् | एक जना कोरोना संक्रमितले औसत ३ जनालाई सार्न सक्छ | यो आधारमा संक्रमितको संख्या बढ्ने नै भयो | अहिले भारतबाट आएका व्यक्तिमा संक्रमण सिधै देखिएको, उनीहरु क्वारेन्टाइनमा रहेको तथा परिक्षण पश्चात आइसोलेसनमा रहेको हुँदा नेपालमा यो फर्मुला अनुसार संक्रमितको संख्या बढ्दैन |

कोरोना समुदायमा फैलिएर यो संख्या पुगेको भए बढ्ने गति तीब्र हुन्थ्यो | नेपालका संक्रमित अधिकांश कम उमेरका भएकोले अर्थात जोखिम बर्ग नभएकोले अन्तराष्ट्रिय तथ्यांक अनुसार आइसीयु / भेन्टिलेटरमा पुग्ने तथा मृत्यु हुनेको संख्या धेरै हुँदैन |

अझै पनि समुदायमा ब्यापक संक्रमण हुन नदिनको लागि सिमानामा क्वारेन्टाइनको व्यवस्था गरेर, PCR परिक्षण गरेर, संक्रमितलाई आइसोलेसनमा राख्ने तथा संक्रमण पुष्टि नभएका व्यक्तिलाई आफ्नो थातथलोमा पठाएर होम क्वारेन्टाइनमा राख्ने ब्यबस्था गर्नुपर्छ |

संक्रमित नहुनु राम्रो हो | भएका संक्रमित पत्ता लाग्नु पनि राम्रो हो | कछुवा गतिको PCR परिक्षणको दायरा बढाएर संक्रमित क्षेत्र सिल गर्ने तथा सुरक्षित क्षेत्र सावधानीपूर्वक खोल्नु जरुरी छ | दैनिक काम गरेर खाने बर्ग ठूलो मर्कामा परेको छ | सांसद बिकास कोष लगायतका कर्मकाण्डी खर्च कटौती गरेर न्यून आय बर्गलाई पुग्दो राहत दिनुपर्ने हो |

सामाजिक दुरी कायम गर्ने, मास्क सहि तरिकाले लगाउने तथा हात संक्रमणरहित बनाउने अभ्यासलाई जीवनशैलीमा रुपान्तरण गरौँ |-डा पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहुन्छ

laxmi

@डा. रवीन्द्र पाण्डे

प्रतिक्रिया दिनुहोस्
MBL