Logo

एनआरएनएले ल्यायो २४ घण्टे हेल्पलाईन सेवा, विदेशमा रहेका नेपालीको गुनासा सुनुवाई हुने

एनआरएनएले ल्यायो २४ घण्टे हेल्पलाईन सेवा, विदेशमा रहेका नेपालीको गुनासा सुनुवाई हुने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ सै घन्टा सञ्चालन हुने टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुले सामना गरिरहेका समस्या सुनवाई गर्न सो सेवा सञ्चालनमा ल्याइएको एनआरएनए अध्यक्ष तथा कोबिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले जानकारी दिएका छन ।

laxmi

उक्त सेवा गैरआवासीय नेपाली संघको काठमाडौंस्थित सचिवालयबाट आइतवारदेखि सुरु हुने संघका महासचिव डा. हेमराज शर्माले बताए । कोरोना महामारीले विश्वमा भइरहेको लकडाउका कारण विदेशमा अलपत्र परेका, बैदेशिक रोजगारीमा रहेका नेपालीलगायतले आ–आफ्ना समस्या सो हटलाइनमा फोन गरेर टिपाउन सक्ने छन् ।

यसअघि एनआरएनएले विश्वभर छरिएका नेपाली समुदायले स्वास्थ्यसम्वन्धी समस्याको सुनुवाई गर्न डा सञ्जीव सापकोटाका संयोजकत्वमा २४ सैं घन्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL