Logo

शहरी विकास मन्त्रालयले दियो ट्राफिक प्रहरीलाई स्टपबोर्ड, पैदल यात्रीलाई सु-सूचित गर्ने उद्देश्य

शहरी विकास मन्त्रालयले दियो ट्राफिक प्रहरीलाई स्टपबोर्ड, पैदल यात्रीलाई सु-सूचित गर्ने उद्देश्य



काठमाडौं । शहरी विकास मन्त्रालयले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई १ सय २० थान स्टपबोर्ड हस्तान्तरण गरेको छ । मन्त्रालयले काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानहरुमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा जेब्राक्रसिङ, आकाशे पुल तथा तोकिएको ठाउँबाट बाटो काट्न सु-सूचित गर्ने उद्देश्यले उक्त स्टपबोर्ड हस्तान्तरण गरेको हो ।

laxmi

एक कार्यक्रमकाबीच मन्त्रालयका राज्य मन्त्री रामबिर मानन्धरले महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन । राज्य मन्त्री मानन्धरका अनुसार कुनै पनि पैदल यात्रुहरुले सवारी दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउन नपरोस तथा सुरक्षित रुपमा तोकिएको स्थानबाट मात्र बाटो काट्न सजिलो होस भनेर उक्त बोर्ड हस्तान्तरण गरिएको हो ।

महाशाखाका प्रमुख ढकालले उक्त बोर्डहरु काठमाण्डौं उपत्यकाको सम्पूर्ण जेब्राक्रसिङ, आकाशेपुल तथा पैदल यात्रुहरुले बाटो काट्ने स्थानमा बोर्ड देखाएर बाटो काट्न लगाउने र पैदल यात्रुहरुले पनि यसलाई प्रभाबकारी र परिणाममूखी बनाउदै सुरक्षित यात्रामा सहयोग गर्न समेत आग्रह गरिने बताएका छन । उक्त स्टपबोर्ड सफर नेपाल ट्राभल एण्ड टुर्स प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL