Logo

व्यापारघाटा घटाएको पाम आयलको निर्यात जत्तिकै आयात, २ सय प्रतिशत आयात बढ्यो

व्यापारघाटा घटाएको पाम आयलको निर्यात जत्तिकै आयात, २ सय प्रतिशत आयात बढ्यो



काठमाडौं । नेपालमा पछिल्लो समय व्यापारघाटा न्यूनीकरणममा प्रमुख मानिएको पाम आयलको आयातसमेत बढेको छ । बर्षेनी हुने व्यापारघाटाले थला पर्दै गएको नेपाली अर्थतन्त्र पछिल्लो ४ महिना यता पाम आयलको निर्यातकै कारण उकालो लागेको छ ।

laxmi

नेपाली अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको पाम आयलको उत्पादन भने नेपालमा हुँदैन । नेपालका केही व्यापारीहरुले बाहिरबाट कच्चा पाम तेलको आयात गरी नेपालमा रिफाईन गरी फेरी बाहिर पठाउने गरेको जानकारहरुको भनाई छ ।

अघिल्ला बर्षहरुमा निर्यातमा न्यून योगदान रहेको पाम आयल चालु आर्थिक बर्षको पहिलो महिनादेखि नै निर्यात बढेका कारण नेपालको व्यापार घाटासमेत घटेको देखिएको छ ।

तर, नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आवको साउनदेखि कात्तिकसम्म मात्रै ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कच्चा पाम आयल आयात भएको छ । जुन गत आबको तुलनामा २ सय प्रतिशत बढी हो । यसले कुल आयातको १ दशमलव ७ प्रतिशत हिस्सा ओगटेको छ ।

यस्तै नेपालबाट भने सोही अवधिमा ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार पछिल्लो ४ महिनामा गत आवको सोही अवधिको तुलनमा पाम आयालको निर्यात ९ सय ३४ प्रतिशतले बढेको हो । यसले नेपालको कुल निर्यातको सबभन्दा बढी २३ दशमलव १ प्रतिशत हिस्सा ओगटेको छ ।

गत आर्थिक बर्षको पहिलो ४ महिनामा ८ करोड रुपैयाँ बराबरको निर्यात भएको पाम आयलले कुल निर्यातको २ दशमलव ८ प्रतिशत मात्रै ओगटेको थियो । यसरी नेपालमै उत्पादन नहुने पाम आयल बाहिरबाट आयात गरेर रिफाईन गरी फेरी विदेशमै पठाउँदा ४ महिनामा आयात र निर्यातको अन्तर जम्मा ८७ करोड ७० लाखको मात्रै हुन आउँछ । जुन नेपालले कच्चा तेल आयात र रिफाईन गरी पठाएको गरी पाईने फाईदा मात्रै हो ।

प्रतिक्रिया दिनुहोस्
MBL