Logo

सिन्धुपाल्चोक बस दुर्घटनामा १४ को मृत्यु, ८३ जना घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै

सिन्धुपाल्चोक बस दुर्घटनामा १४ को मृत्यु, ८३ जना घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै



काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सो जिल्लाको इन्द्रावती गाउँपालिका–१० मा आज बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

laxmi

भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । उक्त दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ७ जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको हो ।

सो बस सडकबाट २०० मिटर तल खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते रहेको समेत जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । तर, ठूलो दुर्घटना भएको हुँदा थप क्षति भएको हुन सक्ने समेत उनको भनाई थियो ।

घाइतेको उद्धारका लागि हेलिकप्टर घटनास्थलमा पुगेको छ । घाइते भएका अन्यको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार घाइतेमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ६७ जना र शिर मेमोरियल अस्पताल बनेपामा १६ जना गरी ८३ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL