Logo

इन्फ्रास्टक्चर र पश्चिमाञ्चल बैंकले मागे कर्मचारी,एसिस्टेण्टदेखि चार्टर्ड एकाण्टेण्टसम्मको जागिर

इन्फ्रास्टक्चर र पश्चिमाञ्चल बैंकले मागे कर्मचारी,एसिस्टेण्टदेखि चार्टर्ड एकाण्टेण्टसम्मको जागिर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० वैशाख, काठमाडौं  ।इन्फ्रास्टक्चर डेभेलपमेण्ट बैंक र पश्चिमाञ्चल डेभेलपमेण्ट बैंकले कर्मचारी मागेका छन् ।

infrascture-development-bank

इन्फ्रास्टक्चरमा सहायक (एसिस्टेण्ट) तहदेखि चार्टर्ड एकाउण्टेण्टसम्म छन् । पश्चिमाञ्चलले अधिकृत तहका चार्टर्ड एकाउण्टेण्ट २ जना, अफिसर तथा जुनियर अफिसर ३ जना, सिनियर एसिस्टेण्ट ४ जना, एसिस्टेण्ट ४ जना र जुनियर एसिस्टेण्ट ३ जना गरी १४ जना कर्मचारी मागेको छ । चार्टर्ड एकाउण्टेण्ट बाहेक सबै पदमा स्नातक तह उत्तिर्ण गरेका व्यवक्तीले आवेदन दिन सक्नेछन् । आगामी मे ५ तारिखसम्ममा बैंकमा आवेदन दिइसक्नु पर्ने छ । रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको यो बैंकले स्थानीयलाई प्राथमिकता दिने बताएको छ ।

त्यस्तै, इन्फ्रास्टक्चरले केही सुपरभाइजर र अफिसर तहका कर्मचारी मागेको छ । विरगञ्ज, सिमरा र नारायणगढ शाखाका लागि कर्मचारी मागिएको हो । बैंकले सुपरभाइजर तहका लागि स्नातक र अफिसर तहका लागि स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने बताएको छ । ४० वर्ष उमेर नपुगेका र कम्तिमा ५ वर्ष बैंकिङ क्षेत्रको अनुभव भएका व्यक्तीले आगामी मे ८ तारिखसम्म आवेदन दिन पाउने छन् ।

paschimanchal-development-bank

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL