Logo

२ हप्तामा सामाजिक सुरक्षामा सुचिकृत भए १९४ रोजगारदाता, ३ महिनाभित्र श्रमिकको सुचिकरण

२ हप्तामा सामाजिक सुरक्षामा सुचिकृत भए १९४ रोजगारदाता, ३ महिनाभित्र श्रमिकको सुचिकरण



काठमाडौं । सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका लागि १ सय ९४ रोजगारदाता सुचिकृत भएका छन ।

औपचारिक रुपमा सामाजिक सुरक्षाको घोषणा भएको २ हप्तामा करिव २ सय रोजगारदाताले सुचिकृतका लागि आवेदन दिएको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।

सरकारले उक्त योजनामा सामेल हुनका लागि कार्तिक २६ गते राजपत्रमा सुचना निकालेसँगै मंसिर ५ गतेदेखि २० गतेसम्म १ सय ९४ जनाले उक्त योजनामा सामेल हुनका लागि आवेदन दिएका छ ।

उक्त सुचिमा सुचिकृत हुने १ सय ९४ कम्पनीको नाम पनि कोषले सार्वजनिक गरेको छ । कोषले उक्त सुचिमा सुचिकृत भएसँगै ३ महिनामा रोजगारदाताले आफ्नो कम्पनी वा प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको सुचिकरण पनि गरिसक्नुपर्ने व्यवस्था रहेको जानकारी दिएको छ ।

नेपाल सरकारले रोजगारदाता र श्रमिकको हकहितका लागि भन्दै मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको उद्घाटन गरेको थियो ।

रोजगारदातालाई सुचिकृत हुनका लागि अनलाईन दर्ताको सुविधा रहेकाले सुचिकरण तिव्र रुपमा भएको सरकारले दावि छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL