Logo

५ जेट मेशिन ल्याएको काठमाडौं महानगरले थप ५ ओटा ब्रुमर ल्याउँदै, धुलो रहित होला काठमाडौं ?

५ जेट मेशिन ल्याएको काठमाडौं महानगरले थप ५ ओटा ब्रुमर ल्याउँदै, धुलो रहित होला काठमाडौं ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका सडकहरु सफा गर्न थप ५ वटा ब्रुमर मेशिन ल्याउने भएको छ । काठमाडौंका सडक पखाल्नलाई गतहप्ता मात्रै ५ वटा जेट मेशिन संचालनमा ल्याएको महानगरले घुलो सफा गर्न थप ५ वटा ब्रुमर मेशिन ल्याउने तयारी गरेको हो ।

काठमाडौं महानगरपालिका र डुलेगो कम्पनीले संयुक्त रुपमा उक्त ब्रुमर ल्याउन लागेका हुन । नयाँ ल्याइने ५ वटा ब्रुमरको ११ करोड रुपैयाँ पर्ने भएको छ । ब्रमुर खरिदका लागि सम्झौता भइसकेको र अबको ६ महिना भित्र ईटालीबाट ती ब्रुमरहरु नेपाल आईपुग्नेछन् । हाल महानगरसँग एउटा ब्रुमर छ । ५ ओटा नयाँ ब्रुमर भित्रिएसँगै कामपासँग ८ ओटा ब्रुमर हुनेछन । तर, महानगरलाई चीन सरकारले अन्य २ ओटा ब्रुमर उपलब्ध गराउने सम्झौता भएको छ । उक्त ब्रुमरहरु पनि ब्रुमरहरु यसै महिना नेपाल आईपुग्ने महानगरले जानकारी दिएको छ ।

यस्तै कामपाले ल्याएका ५ ओटा जेट मेशिन पनि शनिबार देखि विश्व सरसफाई दिवसका अवसर पारेर संचालनमा ल्याईएको हो । करिव २ महिना अघिमात्रै नेपालमा भारतीय कम्पनी मनियार कर्पाेरेशनले ल्याईपुर्याएको भएपनि शनिबार सरसफाई दिवसको अवसरमा संचालनमा ल्याईएको कामपाका मेकानिकल ईन्जिनियर प्रमोद डंङगोलले जानकारी दिए । सो मेशिनका लागि २ करोड ८ लाख रुपैयाँ परेको थियो ।

कामपाले ल्याएको उक्त जेट मेशिनमा २ ओटा ट्याङकी जडान गरिएको छ । जसमा एउटा ट्याङकीमा ढलको फोहोर पानी राख्ने र अर्काे ट्याङकीमा सफा पानी राख्न सकिने छ । यस्तै उक्त जेट मेशिनले जाम भएको ढलको पानी ट्याङकीमा राख्ने र सफा पानीले हाई प्रेसरको जेट मेशिनमार्फत सफा गर्ने गर्दछ ।

मेशिनमा रहेको १ सय २० मिटर लामो जेटिङ पाईपले सडकको दायाँबायाँ रहेका रुखहरुको धुलो पखाल्ने कामपाका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

आगामी ६ महिनाभित्रमा कामपासँग हाल संचालनमा रहेका र नयाँ आउने गरी जम्मा ८ ओटा ब्रुमर र ७ ओटा जेट मेशिन हुनेछन । उक्त मेशिनहरु काठमाडौंलाई सफा गर्नका लागि पर्याप्त भएको र उक्त मेशिनहरुको प्रयोग गर्दै काठमाडौं शहरलाई सफा र स्वच्छ बनाउने प्रवक्ता कार्कीले बताए । यसका साथै उनले काठमाडौंका सडकहरुको न्युनतम मापदण्ड पुरा गरेर निर्माण नगरिएकाले कामपाले आफ्नो सरसफाईमा निरन्तरता दिन नसकेको जानकारी दिए ।

सडक विभागले सडक मर्मत गर्दै बाँकी रहेको फोहोरहरु नउठाईदिनाले र सडकको राम्रोसँग मर्मत सम्भार नगरिदिनाले सडकहरुको बारेमा प्रायजसो गुनासो कामपामा आउने गरेको पनि उनले जानकारी दिए ।

हाल कामपासँग साना ठुला गरी करिव १ सय २ ओटा फोहोर उठाउने गाडीहरु छन । तर उक्त गाडीहरु पनि पुराना भईसकेकाले नयाँ गाडीहरु खरिद गर्नका लागि निजी क्षेत्रसँग सहकार्य पनि चाँडै गर्ने कार्कीले जानकारी दिए । उनले हाल महानगरले भन्दा पनि फोहोर उठाउने जिम्मा निजी क्षेत्रले लिने गरेको बताउँदै नयाँ गाडी खरिदमा पनि उनीहरुसँग छिट्टै सहमती गरिने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL