Logo

बिमस्टेक बैठकका लागि यसरी सिंगारिँदै छन काठमाडौंका सडक, बिटुमीनको सट्टा बिटुमीन एमल्सनले कालोपत्रे गरिँदै

बिमस्टेक बैठकका लागि यसरी सिंगारिँदै छन काठमाडौंका सडक, बिटुमीनको सट्टा बिटुमीन एमल्सनले कालोपत्रे गरिँदै



काठमाडौं । केही दिनयता सरकार काठमाडौंका सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम तीव्र रुपमा गरिरहेको छ । नेपालमा भदौ १४ र १५ गते हुने बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि काठमाडौंका केही सडकहरु कालोपत्रे सँगसँगै रङरोगन गरी सिगारिँदै छ ।

अन्य समयमा मौन भएर बस्ने सरकार विभिन्न कार्यक्रम तथा कोही विदेशी पाहुना आउँदा मात्रै आफ्नो काम तीव्र पार्दछ । उक्त सम्मेलनमा ७ देशका राष्ट्र प्रमुखहरु आउने भएपछि सडकका खाल्डाखुल्डी पुर्ने लगायत सडकको दायाँबायाँ हरियाली बनाउने तरखरमा छ ।

उक्त सम्मेलनका लागि काठमाडौंका केही सडकहरुमा विटुमीन एमल्सनको प्रयोग गरी कालोपत्रे तथा खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । बर्षायाममा झरीका कारण कालोपत्रे गर्न बिटुमीनले गार्हो हुने भएपछि विटुमीन एमल्सनले कालोपत्रे गरिएको सडक विभागका उपमहानिर्देशक मुक्ती गौतमले जानकारी दिए । उनका अनुसार बिम्स्टेक बैठक नजिकिँदै गर्दा सडक कालोपत्रेलगायत मर्मत कार्य तीव्र पारिएको छ ।

झरीले सडक कालोपत्रे गर्ने कार्यमा बाधा पुर्याएपछि पहिले कालोपत्रे गरिँदै आएको विटुमीनको सट्टा विटुमीन एमल्सनको प्रयोग गरी सडक कालोपत्रे लगायत सडकका खाल्डाखुल्डी पुर्ने काम भईरहेको उनको भनाई छ । उनका अनुसार हाल माईतीघर, नयाँबानेश्वर, तिनकुने हुँदै एयरपोर्टसम्मको सडकका खाल्डाखुल्डी पुर्ने तथा कालोपत्रे गर्न थालिएको हो ।

साथै उक्त सडकमा खाल्डाखुल्डी पुर्ने काम सकिएपछि दोस्रो चरण अन्तरगत सोही सडकमा एज मार्किङ तथा रङरोगन गरिनेछ ।

विभागले रातोपुल, गौशाला, एयरपोर्ट सडकको पनि मर्मत सम्भार थालेको छ । उक्त सडकमा पनि बिटुमिनको सट्टा एमल्सनको प्रयोग गरी खाल्डाखुल्डी पुर्ने काम भईरहेको विभागका उपमहानिर्देशक गौतमले जानकारी दिए ।

विभागले चाबहिल जोरपाटी सडकखण्डको काम पनि तिव्र रुपमा अघि बढाइरहेको जानकारी दिएको छ । उक्त सडकखण्डलाई आउने चैत्र सम्ममा कालोपत्रे गरेर सकाउने गरी काम अघि बढाइएकोे विभागले जानकारी दिएको छ । उक्त सडकखण्डमा हाल ढल तथा खानेपानीका पाइपहरु विछ्याउने कार्य भइरहेकाले केही दिनमै उक्त सडकखण्डको मर्मत सुरु गरिने विभागका उपमहानिर्देशक गौतमले बताए

केहो विटुमीन एमल्सन

विटुमीन एमल्सन पानी, केमीकल तथा विटुमीनको मिश्रण हो । कतिलाई लाग्ला विटुमीन त तेलबाट बन्छ, यसमा पानी कसरी मिसाइन्छ भनेर । तर विटुमीनमा पानी मीसाई त्यसमा एमल्सन भन्ने केमीकल हालेर विटुमीन एमल्सन तयार पारिन्छ ।

एमल्सनले पानी र विटुमीनलाई साना साना कणमा परिणत गर्दै समायोजन गर्न मद्दत पुर्याउँछ । जसले ओसिलो ठाउमा पनि सडक कालोपत्रे गर्दा चाँडो चिप्कन सक्ने क्षमता राख्दछ ।

सडक विभागका उपमहानिर्देशक मुक्ती गौतमका अनुसार विटुमीन एमल्सन विटुमीन भन्दा केही मात्रामा महंगो भएपनि विटुमीनको तुलनामा विटुमीन एमल्सन कम मात्रामा प्रयोग हुने भएपछि मूल्य भने बराबर नै पर्न आउँछ ।

विटुमीन एमल्सनले खासगरी पानी परिरहेको बेला पनि कालोपत्रे गर्न सकिन्छ । साथै यसमा चाँडै चिप्कन सक्ने क्षमता हुनाले बालुवायुक्त मरुभुमीमा पनि प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL