Logo

करीब १७ सय कर्मचारीलाई कारवाही सिफारिस, कतिसम्म निर्लज्ज छन हाम्रा कर्मचारी !

करीब १७ सय कर्मचारीलाई कारवाही सिफारिस, कतिसम्म निर्लज्ज छन हाम्रा कर्मचारी !


रासस
162
Shares

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६ सय ६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकोे छ ।

केन्द्रले आर्थिक वर्ष २०७४÷७५ मा ८ सय १९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने १ हजार ६ सय ६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिए ।

उनका अनुसार कारवाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने १ हजार १ सय १९ जना र पोशाक नलगाउने ५ सय ४९ जना रहेका छन् ।

कारवाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी रहेका छन् ।

उपसचिवसमेत रहेका अर्यालका अनुसार सिंहदरबारका ४३ वटा कार्यालयमा गरिएको अनुगमनमा १ सय ८८ जना समय पालना नगर्ने र २ सय ८० जना पोशाक नलाउने परेका छन् ।

समय पालना नगर्ने र पोशाक नलगाउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखलाई कारवाही गर्न निर्देशन दिइएको बताइएको छ । उहाँका अनुसार स्पष्टीकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मका कारवाही गर्न सिफारिस गरिएको बताउनुभयो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL