Logo

सिण्डिकेट विरुद्ध सरकार आक्रामक, यातायात व्यवसायी महासंघका अध्यक्षसहित ५ पदाधिकारी पक्राउ

सिण्डिकेट विरुद्ध सरकार आक्रामक, यातायात व्यवसायी महासंघका अध्यक्षसहित ५ पदाधिकारी पक्राउ



काठमाडौं । प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यलाई पक्राउ गरेको छ ।

अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले कर्माचार्य सहित ५ पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका असानुसार कर्माचार्यसँगै महासंघ उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्कालाई पक्राउ गरिएको हो ।

शुक्रबार महासघले शुक्रबार सांकेतिक रुपमा देशभरका सवारीसाधन संचालनमा रोक लगाएको थियो । अत्यावश्यक सेवामा अवरोध गरेको भन्दै सरकारले महासंघका महासचिव सरोज सिटौलालाई शुक्रबार नै पक्राउ गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL