Logo

अर्थ मातहतका विभाग र महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर, को पुगे आन्तरिक राजस्व विभागमा

अर्थ मातहतका विभाग र महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर, को पुगे आन्तरिक राजस्व विभागमा



काठमाडौं ।अर्थ मन्त्रालयले आफु मातहतका महाशाखा र विभागको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले महत्व पूर्ण विभाग आन्तरिक राजस्व विभागदेखि राजस्व महाशाखा प्रमुखसम्मको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयले आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्की मन्त्रालयमा तानिएका छन् भने मन्त्रालयका विष्णु नेपाललाइ उक्त विभागको जिम्मेवारी दिइएको अर्थ मन्त्रीका स्वकीय सचिव तुलसी मैनालीले जानकारी दिए ।

यस्तै मन्त्रालयमा प्रवक्ता रहेका अर्जुन पोखरेललाई प्रशासनको प्रमुखको जिम्मेवारी दिएको भने भने प्रशासनका शुसील पाण्डे महालेखा नियन्त्रकको कार्यालयमा पुगेका छन् ।

यसैगरी मन्त्रालय भित्रको राजस्व महाशाखाका प्रमुख पनि परिवर्तन गरिएको छ । सो महाशाखाको प्रमुख शोभाकान्त पौडेललाई परिवर्तन गरी अर्का सहसचिव रामशरण पुडासैनीलाई ल्याइएको छ । यस्तै आर्थिक नीति विश्लेषण महाशाखाको प्रमुखमा श्रीकृष्ण नेपाललाई लगिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL