Logo

शिवपुजनको रिटमा कारण देखाउ आदेश, अन्तरिम आदेश गर्ने नगर्ने बारे भोली छलफल

शिवपुजनको रिटमा कारण देखाउ आदेश, अन्तरिम आदेश गर्ने नगर्ने बारे भोली छलफल


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सर्लाही ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

उम्मेदवार खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उनले रिट दायर गरेका थिए ।

न्यायाधीश दिपकराज जोशीको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफका लागि बुधबार बोलाएको छ ।

पहिलो संविधानसभामा फोरमका सांसद रहेका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । अहिले उनी माओवादीबाट उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवारले शिवपुजनविरुद्ध आयोगमा उजुरी दिएका थिए । यो सुनुवाई नभएपछि सर्वोच्च पुगेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL