Logo

बाणिज्य बैंकलाई ‘दलाल लाइसेन्स’ दिन धितोपत्र बोर्डको लबिङ

बाणिज्य बैंकलाई ‘दलाल लाइसेन्स’ दिन धितोपत्र बोर्डको लबिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बाणिज्य बैंकलाई धितोपत्र दलाल लाइसेन्स दिन लबिङ शुरु गरेको छ । बोर्डले अब आउने मौद्रिक नीतिमार्फत सो ब्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको हो ।

बैंक वित्तीय संस्थामार्फत ७५ वटै जिल्लामा आस्वा प्रणालीबाट सेयर आवेदन दिन सक्ने भइसकेकाले अबका दिनमा बाणिज्य बैंकलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्ने बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले बताए ।

बोर्डले केही समय बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाएको थियो । तर, नेपाल स्टक एक्स्चेञ्ज बाधक बन्दा रोकिएको थियो । तर, अबका दिनमा मौद्रिक नीतिबाटै सो ब्यवस्था गरिदिन बोर्डले आग्रह गरेको हो ।

बाणिज्य बैंकलाई लाइसेन्स दिदा बजारमा थप प्रतिस्र्धी बनाई सबै माझ पुर्याउने सकिने समेत बोर्डको तर्क छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL