Logo

डा. महतले भने, आयोग विधिमा रहेर गठन गरिएको छ, कसैले बिधिमा टेकेर गल्ती गर्छ भने छाड्नुहुन्न

डा. महतले भने, आयोग विधिमा रहेर गठन गरिएको छ, कसैले बिधिमा टेकेर गल्ती गर्छ भने छाड्नुहुन्न


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले कानुनी ब्यवस्था अनुसार नै कर फस्र्योट आयोग गठन गरेको बताएका छन् । आज ब्यवस्थापिका संसदको अर्थ समितिका बोल्दै तत्कालिन समयमा सरकारले बिना स्वार्थ आयोग गठन गरेको बताएका हुन् । ‘आयोग ब्यवसायी र विज्ञहरुको सल्लाह सुझाबमा गठन गरिएको थियो,’ ब्यवस्थापिका संसादको अर्थ समितिमा बोल्दै उनले भने, ‘आयोग गठन गर्नुमा कुनै राजनीतिक स्वार्थ छैन ।’

उनका अनुसार आयोगले ठूला ब्यवसायी मात्र नभई सबैलाई समेटेर काम गरेको जानकारी दिए । कर फछ्र्योट आयोग गठन कानुन सम्मत रहेको र सरकारको डुबेको रकम उठाउन गठन गरिएको जानकारी दिए । आयोगमार्फत झण्डै १० अर्ब रुपैयाँ राजस्व उठेको जानकारी दिँदै यदि आयोग गठन नगरिएको भए त्यो रकम पनि डुब्ने उनको तर्क थियो ।

आयोग बिधिमा रहेर गठन गरिएको जानकारी दिँदै यदि कसैले बिधिमा टेकेर अनिमियतता गरेको भएका त्यसलाई कारबाही गरिनुपर्ने समेत उनको तर्क थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL