Logo

भरतपुरमा पुनः मतदान गर्न कांग्रेसको माग, एमाले भन्छ, ‘तत्काल मतगणना शुरु गर’

भरतपुरमा पुनः मतदान गर्न कांग्रेसको माग, एमाले भन्छ, ‘तत्काल मतगणना शुरु गर’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय निकाय अन्तरगतको पहिलो चरणको चुनावमा भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मतपत्र च्यातिएपछि राजनीतिक दलहरुले आ–आफ्नो अडान अघि सारेका छन् । मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि नेपाली कांग्रेसले पत्र लेखेर पुनः मतदान गर्न आग्रह गरेको छ भने नेकपा एमालेले भने च्यातिएको मतपत्रलाई थाती राखेर बाँकी मत गणना गर्न आग्रह गरेको छ ।

भारतपुर महानगरको १९ नम्बर वडाको मतगणनाको क्रममा मतपत्र च्यातिएपछि सो वडामा कांग्रेसले पुनः मतदान गर्न माग गरेको हो । सो महानगरको मेयर पदको अन्तिम नजिता आउने क्रममा विवाद भएपछि मतपत्र च्यातिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL