Logo

भूकम्पमा धरहरा भत्किँदा मृत्यु हुनेको सम्झना गर्दै महानगर, सिंहदरवार अगाडी वृक्षारोपण

भूकम्पमा धरहरा भत्किँदा मृत्यु हुनेको सम्झना गर्दै महानगर, सिंहदरवार अगाडी वृक्षारोपण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धरहरा भत्किँदा मृत्यु हुने ५७ जनाको नाममा सिंहदरवार अघि रुख रोपिएको छ । गोरखा भूकम्प गएको मंगलबार दुई वर्ष पुरा भएको छ । भूकम्प गएको दिनको सम्झनामा मृत आत्माको शान्तिको कामना गर्दै काठमाडौं महानगरपालिका कार्यालयले सिंहदरवादेखि भद्रकालीसम्मको सडक खण्डमा वृक्षारोपण गरेको हो ।

धरहरामा ज्यान गुमाएका ५७ जनाको सम्झनामा सडक खण्डमा रहेका गमलाहरुमा भूकम्प गएको ११ वजेर ५६ मिनेटको समय पारी झुसफूल भनिने अमेरिकी राष्ट्रिय फूल क्यालेण्ड्रा प्रजातिका ५७ वटा विरुवा रोपिएका हुन् ।

महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भूकम्पमा परी महानगरमा दिवगंत भएका ७०० जनाको सम्झनामा आगामी असारसम्म ७०० विरुवा रोपिसक्ने बताए ।‘रुख रोप्ने काम थालनी भइसकेको छ’ उनले भने ‘स्थान खोजेर सम्भव भए जुन वडामा वडामा नै स्थान नपाइए महानगरका कुनै सार्वजनिक स्थलमा वृक्षारोपण हुनेछ ।’

18155345_10206887454344019_1643158101_n

भूकम्प स्मृति दिवसकै अवसरमा, काठमाडौंको वसन्तपुर क्षेत्रका स्थानीयले भूकम्पमा परी मृत्यु हुनेहरुको आत्माको शान्तिको कामना गर्दै काष्ठमण्डप सत्तलमा स्वस्ति शान्ति पूजा आयोजना गरेका छन् ।उनीहरुले कुमारी घरमा जीवित देवी कुमारीको पनि पूजा गरे ।

विक्रम सम्वत २०७२ वैशाख १२ गते शनिबार दिउँसो गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार २०७२ वैशाख १२ देखि २०७४ वैशाख ११ गतेसम्म ४ वा ४ भन्दा बढी रेक्टर स्केलका ४ सय ८१ वटा परकम्पन गैसकेका छन् । गृहमन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापनको तथ्यांक अनुसार भूकम्पका कारण ८ हजार ९ सय ४८ जनाको ज्यान गएको हो ।

काठमाडौंसहित १४ जिल्लाका विभिन्न प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्वका १ सय ३३ सम्पदा पूर्ण क्षति र ६ सय १७ सम्पदाहरु आंशिक क्षति भएका थिए ।

२ लाख ९७ हजार २६६ घरहरु पूर्ण क्षति भए भने २ लाख ७७ हजार ५० घरहरु आंशिक क्षति भएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL