Logo

प्रतिबन्धित भारु सटहीमा राष्ट्र बैंकमा अन्तिम छलफल शुरु, के आउला भारतको निर्णय ?

प्रतिबन्धित भारु सटहीमा राष्ट्र बैंकमा अन्तिम छलफल शुरु, के आउला भारतको निर्णय ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रतिबन्धित भारतीय रुपैयाँ (भारु) सहटही सम्बन्धमा नेपाल राष्ट्र बैंकमा छलफल शुरु भएको छ । भारतीय रिर्जव बैंकका कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वमा आएको टोलीसँग अहिले राष्ट्र बैंकमा छलफल शुरु भइरहेको छ ।

उक्त टोलीसँगको छलफल पछि नेपालमा रहेका प्रतिबन्धित भारु साटिने वा नसाटिने तथा कसरी साट्ने भन्ने विषयमा टुङ्गो लाग्ने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । ‘भारु सटहीको विषयमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्ब बैंकका प्रतिनिधिसँग हुने यो नै अन्तिम छलफल हो,’ उनले भने, ‘यहि छलफलबाट भारु साटिने वा नसाटिने भन्ने विषयको टुङ्गो लाग्ने छ ।’

पण्डितका अनुसार जोशीको नेतृत्वमा आएको टोलीले नेपालमा भएको छलफलको विषयमा भारत सरकारलाई जानकारी गराएपछि मात्र सो विषयमा निर्णय आउनेछ । ‘अहिले आएका टोलीले छलफलमा भएको निश्कर्ष भारत सरकारलाई जानकारी गराउनेछ,’ उनले भने, ‘सोही आधारमा भारु सटही सुविधा दिने वा नदिने भन्ने विषयमा भारत सरकारले सुचना जारी गर्नेछ ।’ भारतले सटही सुविधा नदिएपनि अबका दिनमा आरबीआई र राष्ट्र बैंकका प्रतिनिधिबीच छलफल नहुने उनले जानकारी दिए ।

भारु सटहीको सम्बन्धमा नेपाल र भारतबीच भएको यो तेस्रो चरणको छलफल हो । प्रतिबन्धित भारुको गाठो फुकाउन शुरुमा नेपाली टोली भारत गएको थियो । त्यसलगत्तै आरबीआईको कार्यकारी निर्देशकको नेतृत्वमा एक टोली नेपाल आएको थियो । त्यतिबेला नेपाल आएको आरबीआई टोलीले बैंकहरुले खाता खोल्दा भर्ने ‘नो योर कष्टुमर’ (केवाईसी) फर्मको वारेमा जानकारी लिएका थिए । नेपालका वाणिज्य बैंकहरुले भर्ने केवाईसी फर्मको बारेमा भारतीय टोली आस्वस्थ्य भएपछि उनीहरु पुनः छलफलका लागि नेपाल आएका हुन् ।

सरकारले भारु सहटी समबन्धमा छलफल गर्न नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नेतृत्वमा एक कमिटि गठन गरेको थियो । अहिले पनि शिवकोटीकै नेतृत्वमा भारतीय प्रतिनिधि मण्डलसँग छलफल भइरहेको पण्डितले जानकारी दिए । कानुन सम्बत एक नेपालीले २५ हजार भारुसम्म राख्न पाउने भएकाले नेपाल सरकारले त्यसैलाई आधार मानेर छलफल अघि बढाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा ३ करोड ६० लाख ९० हजार भारु रहेको बताउँदै आएको थियो । तर, अहिले सो रकम बढेर ७ करोड ८५ लाख रुपैयाँ पुगेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL