Logo

पेट्रोलियमको आपूर्ति सहज बनाउन माग, ढुवानीमा हुने अपचलन रोक्न आग्रह

पेट्रोलियमको आपूर्ति सहज बनाउन माग, ढुवानीमा हुने अपचलन रोक्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन सरकारसँग माग गरेको छ । मञ्चले आपूर्तिमन्त्री दिपक बोहरालाई एक पत्र पठाई इन्धनको आपूर्तिमा सहज गराउन माग गरेको हो । साथै ढुवानीमा हुने अपचलनलाई रोक्न आग्रह गरेको छ ।

पेट्रोलियम ढुवानी बिनियमावलीमा संशोधन गरी अपचलनलाई न्यूनिकरण गर्नका लागि प्रतिस्पर्धात्मक वातावरणमा तेल ढुवानीको व्यवस्था मिलाउन नेपाल आयल निगमले तयारी गरेकोमा अनैतिक र अवाच्छित दवाव दिने उद्देश्यले बन्द हडतालको धम्की दिइएकोप्रति मञ्चले गम्भीर ध्यानाकर्षण भएको मञ्चद्धारा जारी प्रस विज्ञप्तिमा उल्लेख छ ।

साथै केही चालक, व्यवसायीले तेल चोर्न नपाउँदा अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धनको आपूर्ति व्यवस्थापनमा अवरोध सिर्जना हुने गरी हडतालका कार्यक्रम गरिनु अनुचित र गैरकानूनी कार्य भएको बताएको छ । मञ्चले त्यस्ता व्यक्तिलाई अत्यावश्यक सेवा संचालन ऐनको उल्लंघन गरेको अपराधमा आवश्यक कानूनी कारवाही गर्न माग गरेको छ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL