Logo

दशैको लागि असोज ९ गतेदेखि नयाँ नोट सटही, ३७ हजारसम्म साट्न सकिने

दशैको लागि असोज ९ गतेदेखि नयाँ नोट सटही, ३७ हजारसम्म साट्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ९ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले ९ गतेबाट दशैको लागि नयाँ नोट सटही खुला गर्न लागेको बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

बैंकले असोज ९ गतेदेखि १४ गतेसम्म खुद्रा नोट सटही गर्ने भएको छ । बैंकले आफ्नो थापाथली कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने भएको छ ।
यस पटक बैंकले एक व्यक्तिलाई ३७ हजार रुपैयाँसम्मको नयाँ नोट दिने भएको छ । जसमा ५ रुपैयाँको २ बण्डल, १० रुपैयाँको २ बण्डल, २० रुपैयाँको २ बण्डल, ५० रुपैयाँको २ बण्डल र १ सय रुपैयाँको २ बण्डल उपलब्ध गराउने भएको छ । बैंकले गत वर्ष एक व्यक्तिलाई २२ हजार रुपैयाँको मात्र नयाँ नोट दिएको थियो ।

यसैगरी भुतपूर्व कर्मचारीका लागि भने असोज १६ गतेदेखि उपलब्ध गराउने भएको छ । उनीहरुलाई भने प्रति व्यक्ति ५९ हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ ।

बैंकले नयाँ नोट सटहीको लागि दिउसो ३ बजेसम्म कुपन उपलब्ध गराउने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL