Logo

एपीएफलाई महिन्द्राको साथ, फुटबल टीमलाई ५ बर्षको प्रायोजन

एपीएफलाई महिन्द्राको साथ, फुटबल टीमलाई ५ बर्षको प्रायोजन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अग्नी ग्रूपले नेपाल एपीएफ क्लबलाई प्रायोजन गरेको छ । महिन्द्रा गाडीको नेपालका लागि आधिकारी बिक्रेता अग्नी इन्कर्पोरेटेडले एपीएफ क्लबलाई फुटबल खेलाका लागि प्रायोजन गरेको हो ।

अग्नी ग्रूपले एपीएफलाई ५ वर्षको लागि प्रायोजन गरेको हो । सो अवधिसम्म अग्नीले एपीएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउने छ ।

प्रायोजनसँगै अग्नी ग्रूपका अर्जुन शर्मा र एपीएफ प्रमुख सिंहबहादुर श्रेष्ठलाई आगामी सिजनको लागि आवश्यक पर्ने जम्मा १ हजार १ सय २८ थान जर्सी तथा ट्राक प्रदान गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL