Logo

फर्निचर एक्स्पो २०१९ को तयारी पूरा, भदौ २५ देखि सुरु हुँदै

फर्निचर एक्स्पो २०१९ को तयारी पूरा, भदौ २५ देखि सुरु हुँदै



काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) को सम्पूर्ण तयारी पूरा भएको छ । फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार यही बुधबार उपराष्टपति नन्दकिशोर पु्नले उक्त मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

laxmi

सातौं संस्करणको फर्नेक्स २०१९ राजधानीको भृकुटीमण्डपमा यही भदौ २५ गते बुधबारदेखि २९ गतेसम्म आयोजना हुँदैछ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले एक्स्पोको सबै तयारी पुरा भएको बताए ।

१ सय २० भन्दा बढी स्टल रहने सो मेलामा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई रहेको छ ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने आयोजकको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL