Logo

जेम्स बोन्डको फिल्ममा देखाईएको जस्तै ‘पनडुब्बी’ कार निर्माण गर्दै टेस्ला, यस्तो हुनेछ कार

जेम्स बोन्डको फिल्ममा देखाईएको जस्तै ‘पनडुब्बी’ कार निर्माण गर्दै टेस्ला, यस्तो हुनेछ कार



काठमाडौं । कार उत्पादक कम्पनी टेस्लाका सिईओ एलोन मस्कले आफ्नो कम्पनीले जेम्स बोन्डले एक फिल्ममा प्रयोग गरेको जस्तै कारको डिजाईन गरिरहेको बताएका छन । उनले मंगलबार आफ्ना सेयरहोल्डरसँगको कुराकानीमा कम्पनीले जेम्स बोन्डको ‘द स्पाई हु लभ्ड मी’ नामक चलचित्रमा प्रयोग गरिएको कारको जस्तै डिजाईन तयार पार्दै गरेको बताएका हुन ।

laxmi

सन १९७७ मा बनाईएको उक्त फिल्ममा फिल्मका नायक जेम्स बोन्डले समुन्द्र मुनी पनि चलाउन मिल्ने कार प्रयोग गरिएको देखाईएको थियो । ‘मैले अन्य फिल्महरुमा देखेको भन्दा यो कार भिन्दै प्रकारको छ,’ कम्नपनीका सिईओ मस्कले भने, ‘यो कार अच्चम्मको छ, जमिनमा हिँडिरहेको कार एक बटन थिच्ने वित्तीकै पनडुब्बीमा परिणत हुन्छ ।’

आफुले पहिलो पटक जेम्स बोण्डको उक्त फिल्म हेरेदेखि नै कारको उक्त डिजाईनमा चाख लाग्न थालेको समेत जानकारी दिएका छन । हालै यस्तो कार निर्माण गर्नका लागि केही समस्या भएपनि कम्पनीले भने सोही अनुसार अपग्रेड गर्दै पनडुब्बीमा परिणत हुने कार निर्माण गर्ने उनले बताए ।

१९७७ मा सार्वजनिक गरिएको जेम्स बोन्डको उक्त फिल्ममा उभयचर अर्थात जमिनमा पनि र पानीमा पनि चलाउन सकिने कार देखाईएको छ । कार जमिनमा गुडिरहेको बेलामा पानीमा खस्दा केहि बटनको मद्दतले कारलाई पनडुब्बीमा परिणत समेत गर्न सकिने उक्त फिल्ममा देखाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL