Logo

नागरिक लगानीको कोषको नाफा ५ करोडले बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी

नागरिक लगानीको कोषको नाफा ५ करोडले बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी



काठमाडौं । नागरिक लगानी कोषको नाफा ५ करोड रुपैयाँले बढेको छ । कोषले गत आर्थिक बर्षको चैतमसान्त सम्ममा कुल २३ करोड ७९ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आबको सोही अबधिमा आईपुग्दा २८ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणले देखाएको छ ।

laxmi

कम्पनीले आफ्नो खर्च कटौतीमा तथा व्याज आम्दानीमा उल्लेख्य सुधार गरेसँगै समग्र नाफामा वृद्धि देखिएको हो । कोषको गत आबको चैत मसान्तमा कुल खर्च १५ करोड ५३ लाख रुपैयाँ रहेकोमा चालू आबको सोही अबधिमा घट्दै १५ करोड ८ लाख रुपैयाँमा झरेको छ । यसैगरी गत बर्ष १ करोड ५५ लाख रुपैयाँ रहेको ब्याज आम्दानी चालू आबमा बढेर ३ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

यसैगरी सो अबधिमा कोषको सेवा शुल्क तथा कमिशन आम्दानी पनि बढेर ४८ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी गत आबको चैत मसान्तको भन्दा २ रुपैयाँले बढ्दै ३५ रुपैयाँ पुगेको छ । तर, असारको तुलनामा भने ५ रुपैयाँले कमि हो ।

प्रतिक्रिया दिनुहोस्
MBL