Logo

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ कम्पनीको मात्र १ करोड माथी कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ कम्पनीको मात्र १ करोड माथी कारोबार



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १४ दशमलव ८२ अंकले घट्न पुगेको छ ।

आईतबार बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ९७ अंकले घट्यो भने उत्पादनमुलक समुहको परिसुचकमा ५० अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि १२ दशमलव ६४ अंकको गिरावट आएको छ । बजारमा जीवन बीमा समुहको परिसुचक ४४ अंकले घट्दा लघुवित्त समुहको परिसुचक २२ दशमलव ४५, होटल २९, विकास बैंक ६ दशमलव ४७ र जलविद्युत समुहको परिसुचकमा करिव २५ अंकको गिरावट आएको छ ।

बजारमा कारोबार रकममा पनि सुधार आउन सकेन । दिनभर कुल २५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १ सय ५४ कम्पनीको ८ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भए ।

आईतबार बजारमा ३ वटा कम्पनीको मात्र १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमध्ये एनएमबी बैंकको सबैभन्दा बढी ३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL