Logo

बजार समान्य बढ्दा प्रभु बैंकले बढायो कारोबार, प्रायःजसो समुहका परिसुचक हाम्फाले

बजार समान्य बढ्दा प्रभु बैंकले बढायो कारोबार, प्रायःजसो समुहका परिसुचक हाम्फाले



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले संचालनमा ल्याएको अनलाईन कारोबारबाट उथलपुथल भएको सेयर बजार बुधबार सामान्य उकालो लागेको छ । बजार खुलेको केही समय ओरालो लागेको पुनः उक्लिएको बजार अन्तमा शुन्य दशमलव ३५ अंकले बढ्न पुगेको छ ।

कुल १७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको बजारमा प्रभु बैंकको मात्र ३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यसैगरी बजारमा कुमारी र नेपाल बैंकको १ करोड रुपैयाँको सेयर कारोबार हुँदा अन्य कम्पनीले भने १ करोडको लक्ष्य भेटाउन सकेनन् । दिनभर कुल १ सय ४४ कम्पनीको ७ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

सामान्य उकालो लागेको बजारमा प्रायःजसो समुहको परिसुचक घट्न पुगेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ४१ अंकले घट्दा होटल समुह ८ अंकले घटेको छ भने माईक्रोफाइनान्स, अतिरिक्त, जलविद्युत तथा फाईनान्स समुहको परिसुचकमा भने सामान्य गिरावट आएको छ ।

तर, बुधबार बैंक र निर्जीवन बीमा समुहको परिसुचक उकालो लाग्दा बजार सामान्य बढ्न पुगेको हो । बजारमा बढी प्रभाव रहेको बैंकिङ् समुहको परिसुचका १ दशमलव ४ अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचक करिब ३२ अंकले उकालो लागेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL