Logo

नेप्सेमा दोहोरो अंकको गिरावट कायमै, बैंक र बीमामा गयो पहिरो

नेप्सेमा दोहोरो अंकको गिरावट कायमै, बैंक र बीमामा गयो पहिरो



काठमाडौं । सोमबार पनि नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट कायमै रहेको छ । आईतबार दोहोरो अंकले ओरालो लागेको नेप्से परिसुचक सोमबार पनि बजार खुलेदेखि नै घटेर १८ अंकको गिरावट आएको छ ।

बजारमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ७८ अंकले ओरालो लाग्दा निर्जीवन बीमा कम्पनीको ७२ अंकको गिरावट आएको छ ।

यसैगरी नेप्से परिसुचकमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा २० अंकको गिरावट आएको छ । बजारमा विकास बैंक समुहको परिसुचक ३० अंकले घट्दा माइक्रोफाइनान्स १९ तथा होटल समुहको परिसुचकमा १८ अंकको गिरावट आएको छ ।

बजारमा दिनभर ५३ करोड ९६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ६५ कम्पनीको १७ लाख ७१ हजार कित्ता कारोबार भए । सोमबार सबैभन्दा बढी नेपाल बैंकको ७ करोड ८८ लाख रुपैयाँको सेयर खरिदबिक्री भए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL