Logo

खस्कियो लगानीकर्ताको मनोबल, नेप्सेमा २५ अंकको गिरावट

खस्कियो लगानीकर्ताको मनोबल, नेप्सेमा २५ अंकको गिरावट



काठमाडौं । बजेट भाषण यता ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचकमा आज पनि उच्च गिरावट आएको छ । सरकारले बजेटमार्फत ल्याएको सेयर कारोबारमा लाग्ने विभिन्न प्रयोजनका कारण ओरालो लागेको नेप्से परिसुचकले आज पनि त्यसैलाई निरन्तरता दिएको छ ।

अर्थ मन्त्रायले तत्कालका लागि आन्तरिक राजस्व विभागले जारी गरेको बोनस र हकप्रद सेयरमा लाग्ने पूँजीगत लाभकरलाई स्थगित गरेपनि लगाकर्ता भने त्यसको धङधगीबाट बाहिर आउन सकेका छैनन् । बजारमा बढ्दो सेयर फ्लो, उच्च ब्याजदर तथा लगानी योग्य रकम (तरलता)को अभावले गर्दा खस्किएको बजार पछिल्लो समय सरकारले ल्याएको कर सम्बन्धी कानुनी प्राबधानले गर्दा अझै घट्न थालेको छ ।

बजार लगानीकर्ताको मनोविज्ञानमा चल्ने र पछिल्लो समय सरकारले लिएको नीतिका कारण उनीहरुको मनोवल खस्किन गई बजारमा नकारात्मक असर परेको एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले लगानीकर्ताहरु सरकारले कस्तो खालको नीति ल्याउँछ भन्ने विषयमै त्राहित्राहि छन्,’ ती लगानीकर्ताले भने, ‘बोनस र हकप्रदमा लाग्ने पूँजीगत लाभकर तत्काललाई स्थगित गरिएपनि सो सम्बन्धमा अध्ययन गर्न सरकारी नेतृत्वमै कमिटि बनेकाले कस्तो सुझाव दिन्छ त्यसमा भर पर्नेछ ।’

सरकारले सेयर बजारमा अझै नीति परिमार्जन गर्न सक्ने र अबका दिनमा बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई यस अघि जस्तो बोनस सेयर तथा हकप्रद सेयर दिन नसक्ने भएकाले पनि लगानीकर्ताको सेयर प्रतिको आकर्षण घटेको सम्बघ लगानीकर्ताहरु बताउँछन् । सोही अनुरुप केही दिनदेखि लगातार दोहोरो अंकको गिरावट आएको नेप्से परिसुचकमा आईतबार पनि १२ अंकले घट्न पुग्यो ।

साताको पहिलो दिन बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक २ सय १७ अंकले घटेको छ । यसैगरी बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि १९ अंकभन्दा बढिले घट्न पुगेको छ ।

बजारमा घलुवित्त समुहको परिसुचक ४४ अंकले घट्दा विकास बैंक समुह २२, होटल ५४, जलविद्युत र उत्पादनमुलक समुहको परिसुचक २७ अंकले घट्न पुगेका छन् ।

बजारमा दिनभर कुल ४४ करोड ४३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ६२ कम्पनीको ११ लाख ७६ हजार कित्ता सेयर कारोबार भए । आईतबार सबैभन्दा बढि ४ करोड २० लाख रुपैयाँको सेयर कारोबार भयो भने अन्य कम्पनीको २ करोडभन्दा कम कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL