Logo

बुटवलमा सुरु भयो टाटाको कार मेला, यस्ता छन् अफर

बुटवलमा सुरु भयो टाटाको कार मेला, यस्ता छन् अफर



काठमाडौं । बुटवलमा टाटा मोटर्सको कार मेला सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्गका लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनलको संयुक्त आयोजनामा बुटवलमा ‘टाटा मोटर्स कार मेला’ सुरु भएको हो ।

सो मेला जेठ ११ देखि १३ गतेसम्म ३ दिन चल्ने छ । बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने सो मेलामा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् ।

मेलामा ग्राहकहरुले विभिन्न आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्न सकिनेछ । साथै उक्त मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कुरा कम्पनीले जानकारी गराएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL