Logo

सूर्योदय यातायातले संचालनमा ल्यायो अशोक लेलैण्डका १५ बस, यस्ता छन् सुविधा

सूर्योदय यातायातले संचालनमा ल्यायो अशोक लेलैण्डका १५ बस, यस्ता छन् सुविधा



काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै सूर्योदय यातायातले अशोक लेलैण्डका बस सञ्चालनमा ल्याएको छ ।

सूर्योदयले भारतीय मोटर निर्माता कम्पनी अशोक लेलैण्डका १५ वटा स्मार्ट इलाइट प्लस मोडेलका बसहरु सञ्चालनमा ल्याएको हो । उक्त बसहरुमा डिजिटल डिस्पले, टेलिभिजन, वाईफाई, जिपिएस, क्लोज सर्किट (सिसी) क्यामेरा जडीत रहेका छन । उक्त बसलाई नेपालस्थित आईएमई मोटर्सले बिक्री गर्दै आएको छ ।

समयको आवश्यक्ता अनुसार न्यून खर्चमा कसरी बस सञ्चालनमा ल्याउन सकिन्छ भन्ने उदाहरणलाई नेपाली बजारमा अशोक लेल्याण्डका बसहरुले पुष्टि गरेको आईएमई मोटर्सका सेल्स हेड सुधिर सुबेदीले जानकारी दिए । अन्य बसको तुलनामा १५ प्रतिशत धेरै माइलेज तथा न्यून मर्मत खर्च भएका यी बसहरु व्यवसायी तथा ग्राहक मैत्री रहेको उनको दावी थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL