Logo

दिनभर घटेको बजार अन्तमा बढेर बन्द, कारोबार रकमले दिएन साथ

दिनभर घटेको बजार अन्तमा बढेर बन्द, कारोबार रकमले दिएन साथ



काठमाडौं । नयाँ बर्षको पहिलो दिन नेप्से परिसुचक सामान्य बढेर बन्द भएको छ । दिनभर दोहोरो अंकले ओरालो लागेको नेप्से परिसुचक अन्तमा बढेर बन्द हुन पुगेको छ ।

बजार खुलेको केही समयमा करिब १५ अंकले घट्न पुगेको नेप्से परिसुचक अन्तमा २ दशमलव ६० अंकले बढेर बन्द भएको छ ।

बजारमा बीमा र माइक्रोफाइनान्स समुहको परिसुचक बढ्दा समग्र नेप्से परिसुचक बढ्न पुगेको छ । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ८८ अंकले बढेको छ भने माइक्रोफाइनान्स समुहको परिसुचक पनि ११ दशमलव ७४ अंकले बढेको छ ।

यसैगरी बजारमा होटल समुहको परिसुचक २२ अंकले बढ्दा अतिरिक्त र विकास बैंक समुहको परिसुचक सामान्य अंकले उकालो लागेका छन् । तर, बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक भने ओरालो लागेको छ । नयाँ बर्षको पहिलो दिन बैंकिङ समुहको परिसुचक २ दशमलव २५ अंकले घट्दा जलविद्युत, फाइनान्स र व्यापार समुहको परिसुचक पनि घटेका छन् ।

नेप्से परिसुचक सामान्य उकालो लागेपनि बजारमा कारोबार रकम भने बढ्न सकेको छैन । गत हप्ता दैनिक कारोबार करिब १ करोड रुपैयाँ पुगेकोमा आज ३० करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ ।

बजारमा दिनभर कुल १ सय ५९ कम्पनीको ६ लाख ५५ हजार कित्ता सेयर कारोबार भए । जसमा ५ कम्पनीको मात्र १ करोड रुपैयाँभन्दा माथीको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL