Logo

कोकको ‘कोक खाम रसिया जाम क्याम्पेन, ४० नेपालीलाई विश्वकप हेर्ने मौका

कोकको ‘कोक खाम रसिया जाम क्याम्पेन, ४० नेपालीलाई विश्वकप हेर्ने मौका


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ‘कोक खाम रसिया जाम’ अफर सहित कोकाकोला क्याम्पेन सार्वजनिक भएको छ । क्याम्पेन अन्तर्गत ४० जना भाग्यमानी नेपालीले २०१८ मा रसियामा हुने विश्वकप फुटबल प्रत्यक्ष हेर्ने मौका पाउने छन ।

कोकाकोलाले ४०औँ बर्षको प्रायोजनमा नेपालमा यो अभियान चलाएको हो । यस अभियानमा हरेक दिन २ जनाले २४ ईन्चको टेलिभिजन जित्न सक्नेछन ।

साथै २०० जना उपभोक्ताले फिफा लोगो अंकित आकर्षक उपहार दैनिक जित्न सकिने कोकाकोला नेपालका डाईरेक्टर अम्बुज सिंहले बताए । यो पुरै क्याम्पेनमा करिब १२ हजार ६ सय जनाले उपहार जित्न सकिने बताएका छन् ।

यसमा सहभागी हुने उपभोक्ताले लेबलको पछाडी राखेको १० अंकको युनिकोड ३७७२२ मा एसएमएस गर्नु पर्ने हुन्छ । लक्की ड्र मा राती १२ बजे देखी बेलुका ७ बजेसम्म आएका एसएमएस समाबेश गराईने र्बोटलर्स नेपालका निर्देशक पुनित वाश्र्नेले बताए ।

यो योजना फेब्रुवरी १५ देखि अप्रिल १५ सम्म रहने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL