Logo

१७ अंकले ओरालो लाग्यो नेप्से, ४० करोडको कारोबार

१७ अंकले ओरालो लाग्यो नेप्से, ४० करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक १७ दशमलब १८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १३ सय ९६ दशमलब ७२ अंकमा झरेर बन्द भएको हो ।

मंगलबार कारोबारमा आएका अघिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ११० दशमलब ५६ अंकमा झरेर बन्द भएको छ ।

त्यस्तै उत्पादन समुह ५० दशमलब २६, माइक्रोफाइनान्स ३७ दशमलब ५१, जलविद्युत २५ दशमलब ४२,विकास बैक १८ दशमलब २८ र बैंकिङ समुहको परिसुचक १५ दशमलब ३९ अंकले घटेको छ ।

त्यस्तै ट्रेडिङ र फाइनान्स समुहको परिसुचक ३ र २ दशमलब ८८ अंकले ओरालो लागेको छ । यता होटल र अन्य समुहको परिसुचक भने ३ दशमलब ३५ र ० दशमलब ३८ अंकले बढेको छ ।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६० ओटा कम्पनी कारोबारमा आएको थियो । ती कम्पनीको १० लाख कित्ता सेयरबाट ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL