Logo

ताम्राकार कम्प्लेक्समा केटिएम मोबाइलको शोरुम, खरिदमा ४५ र सर्भिसमा १० प्रतिशत छुट

ताम्राकार कम्प्लेक्समा केटिएम मोबाइलको शोरुम, खरिदमा ४५ र सर्भिसमा १० प्रतिशत छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ताम्राकार मोबाइल कम्प्लेक्समा मोबाइल एक्सचेन्ज हाउस केटिएम मोबाइल माघ १ गतेदेखि संचालनमा आएको छ ।

यस शोरुमको सोमबार एक कार्यक्रमका बिच मोबाइल फोन इम्पोटर एशोसिएसन नेपालका अध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले गरे । मल्होत्राले नेपाली मोबाइल बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुँदै गएको भन्दै आगामी दिनमा मोबाइल अपरेटिङ प्राइस(एमपीओएस) लागू गर्ने तयारीमा रहेको जानकारी दिए ।

नेपालको पुरानो र चर्चित मोबाइल शोरुम मध्येको एक केटिएम मोबाइलले ग्राहकहरुको माग र चाहनाअनुसार विभिन्न ब्राण्डका मोबाइल फोनहरु बिक्री बितरण तथा बिक्री पछिको सेवा प्रदान गर्दै आएको छ ।

विगत ६ वर्षदेखि केटिएम ब्राण्डमा संचालित यस मोबाइल शोरुममा नेपालका लोकप्रिय र चर्चित ब्राण्डका कुनैपनि मोडलका फोनहरु उपलब्ध रहेको छ । शोरुममा ग्राहकहरुलाई आफूले चाहेको मोबाइल खरिद गर्नका लागि सहयोग गर्न मोबाइल क्षेत्रमा अनुभवी र दक्ष कर्मचारीहरु राखिएको बताएको छ । जसले ग्राहकले खोजेको र चाहेजस्तो मोबाइलको विशेषताहरु र प्रयोगको बारेमा जानकारी प्रदान गर्दछन् ।

केटिएम मोबाइल शोरुममा कुनैपनि मोबाइल खरिद गर्दा कम्पनीले प्रदान गर्ने वारेन्टि र सुविधाहरु सिधै उपलब्ध गराईएको छ भने ग्राहकहरुलाई कुनैपनि मोबाइल खरिदमा हात खाली नजानेगरि उपहारहरु प्रदान गरिनेछ ।

त्यसैगरि यस शोरुममा मोबाइलसँग सम्बन्धित हरेक प्रकारका एसेसरिज उपलब्ध छन । विभिन्न ब्राण्डका रु.१ हजार देखि रु. १ लाख ४० हजारसम्मका मोबाइल फोनहरु उपलब्ध रहेका जानकारी दिएको छ ।

शोरुमको ग्राण्ड ओपनिङको अवसर पारेर कम्पनीले हरेक मोबाइल खरिदमा न्यूनतम ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्मको डिस्काउन्ट प्रदान गर्ने छ ।
केटिएम मोबाइलमा कुनैपनि किसिमका पुराना मोबाइलहरुको अन्तराष्ट्रिय स्तरका भ्यालूएटरहरुले उचित मुल्यांकन गरि नयाँ मोबाइल खरिद गर्नको लागि सुविधा उपलब्ध गराउनेछन् । शोरुमले आफ्नो भव्य समुद्घाटको अवसर पारेर माघ १५ गतेसम्मका लागि ग्राण्ड मोबाइल एक्सचेन्ज मेला समेत शुरु गरेको छ । यो एक्सचेन्ज

मेला नेपालमा मोबाइल क्षेत्रकै सबैभन्दा उत्कृष्ट र भव्य मेलाको रुपमा संचालन हुने जानकारी दिएको छ । उत्कृष्ट मोबाइल सर्भिस सेन्टर संचालनमा रहेको शोरुममा दक्ष र अत्याधुनिक प्रविधिबाट कुनैपनि ब्राण्डका मोबाइलहरु मर्मत गरिन्छ, जहाँ दक्ष कर्मचारी तथा मोबाइल टेक्निसियनले तपाईको मोबाइलको सर्भिस गर्दछन् । कुनैपनि मोबाइल मर्मत सेवा/रिपेयरिङमा समेत १० प्रतिशतसम्मको छुट उपलब्ध गराईएको छ ।

शोरुममा सामसुङ, ओपो, आईफोन, मोटोरोला, लेनोभो, ह्वावे, जियोनी, कलर्स, एचटिसी, माइक्रोम्याक्स लाभा, सोनी, वान प्लस, नोकिया, शाओमी, जेडटिईलगायत विभिन्न ब्राण्डका फोनहरु उपलब्ध छन् ।

केटिएम मोबाइलले आगामी दिनमा काठमाडौंका अन्य स्थानहरुमा पनि आफ्नो शोरुम बिस्तार तथा संचालन गर्ने योजना लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL