Logo

नेप्सेमा गयो २१ अंकको पहिरो, सबै समुहका परिसुचक ओरालो

नेप्सेमा गयो २१ अंकको पहिरो, सबै समुहका परिसुचक ओरालो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको सेयर बजार अन्तमा २० दशमलव ६३ अंकले घट्न पुगेको छ ।

बजारमा सबै समुहका परिसुचकहरु ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ३५ अंकले घटेको छ । यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि १६ दशमलव २८ अंकले घटेको छ ।

बुधबार विकास बैंक समुह १७ अंकले घट्दा माइक्रो फाइनान्स समुहको परिसुचकमा झण्डै २७ अंकको गिरावट आएको छ ।

बजारमा कारोबार रकम पनि ४४ करोड ५५ लाख रुपैयाँमा खुम्चिएको छ । दिनभर कुल १ सय ५५ कम्पनीको ८ लाख ९० हजार कित्ता सेयर खरिदविक्री भएको छ । बुधबार नेपाल टेलिकम, स्ट्याण्डर्ड चाटर्ड बैंक, प्रभु बैंकलगायतका कम्पनीको सेयर कारोबार बढी भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL