Logo

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, ५४ करोडमा खुम्चियो कारोबार

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, ५४ करोडमा खुम्चियो कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लामो बिदा पछि खुलेको बजार सोमबार पनि दोहोरो अंकले घटेर बन्द भएको छ । दशैपछि लामो समय ओरालो लागेको नेप्से परिसुचकले केही दिन अघिबाट मात्र हरियो संकेत गरेको थियो । तर, केही दिन सामान्य बढेपनि सोमबार पुनः दोहोरो अंकले घट्न पुगेको छ ।

बजार खुलेको केही समय बढेर ओरालो लागेको नेप्से परिसुचक अन्तमा १० दशमलव ९० अंकले घटेर बन्द भयो । बजारमा होटल र उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुह १ सय ४ अंकले घटेको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ८ दशमलव २३ अंकले ओरालो लागेको छ । सोमबार बजारमा विकास बैंक समुह १४ दशमलव ७२ अंकले ओरालो लाग्दा माइक्रोफाइनान्स समुहको परिसुचक २० अंकले घटेको छ । बजारमा फाइनान्स, जलविद्युत लगायतका परिसुचक भने सामान्य ओरालो लागेका छन् ।

बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । गत हप्ताको अन्तिम दिन कुल ७४ करोड ६८ लाख रुपैयाँको कारोबार भएकोमा आज ५४ करोड २३ लाख रुपैयाँमा सिमिति भएको छ । दिनभर कुल १ सय ५७ कम्पनीको १० लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL