Logo

शिखरले दियो २९ प्रतिशत बोनस सेयर, चुक्ता पूँजी १ अर्ब माथी

शिखरले दियो २९ प्रतिशत बोनस सेयर, चुक्ता पूँजी १ अर्ब माथी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शिखर इन्स्योरेन्सले बोनस सेयरको घोषणा गरेको छ । कम्पनी संचालक समितिको सोमबार बसेको बैंठकले आफ्ना सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

सेयरधनीलाई बोनस सेयर वितरण गर्ने सम्बन्धमा कम्पनीले आजै मात्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई जानकारी गराएको हो ।

कम्पनीले कुल २३ करोड ७१ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यससँगै शिखर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । केही समय अघि बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्याउन दिर्नेशन दिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL