Logo

सुनचाँदीको भाउमा दैनिक उतारचढाव, बिहीबार दुवैको मूल्य घट्यो

सुनचाँदीको भाउमा दैनिक उतारचढाव, बिहीबार दुवैको मूल्य घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यो साता सुनको भाउमा उतारचढाव भएको छ । यसैअनुरुप बिहीबार सुनको भाउ तोलाको ५६ हजारमा ओर्लिएको छ । बुधबार सुनको मूल्य बुधबार ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै यसअघि सोमबार ५५ हजार ५ सय रुपैयाँ रहेकोमा मंगलबार एक्कासी बढेर ५६ हजार ५ सय पुगेको थियो।

बुधबारको सुनको भाउ एक वर्षयताकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै आज चाँदीको भाउ तोलाको ७ सय ६५ रुपैयाँमा झरेको छ । बुधबार चाँदी प्रतितोला ७७० मा किनबेच भएको हो । यसअघि सोमबार ७५५ थियो।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL