Logo

कुबेर मर्चेन्ट अब सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स, अध्यक्षमा चन्द्र टण्डन नियुक्त

कुबेर मर्चेन्ट अब सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स, अध्यक्षमा चन्द्र टण्डन नियुक्त


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । कुबेर मर्चेन्ट फाईनान्स लिमिटेडको ११औं वार्षिक साधारण आईतबार सम्पन्न भएको छ ।

नयाँ लगानीकर्ता समेतको सहभागितामा सम्पन्न साधारण सभामा अर्थिक वर्ष २०७२र०७३ को वार्षिक प्रतिवेदन, प्रबन्ध पत्र तथा नियमावलीको संशोधन भएको छ । साथै पूँजी बृद्धि एवं कम्पनीको नाम परिर्वतन सम्बन्धी (प्रस्तावित सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेड ) प्रस्तावहरु पारित भएको व्यहोरा कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत गोपाल घिमिरेले जानकारी दिए ।

सो अवसरमा सभाका निर्णयहरु नियामक निकायहरुको स्विकृती पछि लागू हुने व्यहोरा समेत जानकारी गराइएको थियो । कम्पनीको ११औं वार्षिक साधारण सभामाले चन्द« टण्डन र सन्दिप शर्मा नयाँ संचालक सदस्यमा निर्वाचित गरेको छ ।

सो अवसरमा संस्थालाई ३ देखि ४ वर्ष भित्रमा नाफाको अवस्थामा ल्याइने तथा सबै शेयर सदस्यहरुको राय एवं सुझाव लिई संस्थालाई एक प्रतिष्ठित वित्तिय संस्थाको रुपमा स्थापित गराउने प्रतिबद्धता गरिएको थियो ।

साधारण सभा पश्चात बसेको संचालक समितीको २५० औं बैठकले चन्द्र टण्डन लाई अध्यक्षमा चयन गरेको जानकारी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL