Logo

रेनोको क्विड एएमटी नेपाली बजारमा, मूल्य रु.२० लाख ९६ हजार

रेनोको क्विड एएमटी नेपाली बजारमा, मूल्य रु.२० लाख ९६ हजार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रालिले अल न्यू रेनो क्विड एएमटी अनावरणको गरेको छ । नयाँ रेनो क्विड एएमटी अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध छ ।

नयाँ रेनो क्विड एएमटीमा ईजी–आर टेक्नोलोजी – ५ स्पीड एएमटी प्रविधि रहेको कम्पनीले जानकारी दिएको छ । यसको डयस माउन्टेड एएमटी डायलमा रिजर्भको लागि आर, न्यूट्रलका लागि एनतथा ड्राइभका लागि डी गरी तीन प्रकारका मोडहरु रहेका छन् ।
यो गाडि चलाउँदा सजिलो र नियमित एक्सिलेरेसनको अवस्थामा अत्याधुनिक कन्ट्रोल यूनिटले स्वचालित रुपमा गीयर सिफ्ट गर्ने कम्पनीले जानकारी दिएको छ ।

रेनो क्विड एएमटी रेन्जको शुरुवाती मूल्य २० लाख ९६ हजार तोकिएको छ । रेनो क्विड एएमटी डाइनामिक परफरमेन्स, उच्चतहको शक्ति, र साहसिक यात्राको अनुभव लिने गरि रणनीतिक रुपमा डिजाइन गरिएको कम्पनीले बताएको छ ।

क्विड एएमटी रेनो क्विड १.० ली एएमटी आरएक्सटी ओ र रेनो क्विड १.० एएमटी आरएक्सएल गरी २ संस्करणमा उपलब्ध छ । यो श्रेणीको पहिलो एएमटी मध्यम वर्गिय कार्यरत परिवार तथा व्यवसायीक व्यक्तिहरुका लागि सहज रुपमा यात्रा गर्न डिजाइन गरिएको छ ।
कम्पनीले मध्यम वर्गिय परिवारलाई लक्षित गर्दै नेपालमा यो गाडी सार्वजनिक गरेको हो ।

यसको सजिलो आर गियर बक्स आविस्कारिक सीफ्ट कन्ट्रोल डायलका साथमा संचालन गर्न सकिन्छ, जून सेन्टर कन्सोलमा इन्फोटेनमेन्ट सिस्टमको तल्लो भागमा रहेको छ । यसले म्यानुअल गीयर तथा क्लच दबाउनु पर्ने परम्परागत प्रणालीलाई परिवर्तन गरेको छ । यसमा रहेको इनोभेटिभ सीफ्ट कन्ट्रोल डायल तीन मोडहरुमा आउँछ– रिभर्स, न्यूट्रल, ड्राइभ ले सहज रुपमा प्रयोग गर्ने गरि स्मार्ट डिजाइन गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL