Logo

तीन ब्रोकरलाई शाखा संचालन गर्न नेप्सेको अनुमति, ४१ वटै कम्पनीले दिए आवेदन

तीन ब्रोकरलाई शाखा संचालन गर्न नेप्सेको अनुमति, ४१ वटै कम्पनीले दिए आवेदन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले तीन वटा ब्रोकर कम्पनीलाई शाखा विस्तारका लागि अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले तत्काल शाखा विस्तारमा रोक लगाएपनि नेप्सेले आज तीन ब्रोकर कम्पनीलाई शाखा विस्तार अनुमति दिएको हो ।

बोर्डका अनुसार रिमोर्ट ओर्क स्टेशन (आरडब्लुएस)को लागि सबै शर्तहरु पुरा गरेर्को सनि सेक्युरिटिज प्रालि, भिजन सेक्युरिटिज प्रालि र श्रीहरी सेक्युरिटिज प्रालिलाई शाखा विस्तार अनुमति दिई त्यसका लागि लिङ्क समेत उपब्ध गराएको छ । ती ब्रोकर कम्पनीले बनेपा, बिर्तामोड र नारायणगढमा शाखा विस्तार गरी मार्केट डेप्थ मूल्य परिवर्तन अवलोकन गरी खरिदविक्री आदेश दिन र आदेश कार्यान्वयन गराउन सक्नेछन ।

लगानीकर्ताहरुको मागलाई संबोधन गर्ने क्रममा सदस्य दलालहरुसँग पटक पटक छलफल भएको र ४१ वटा सदस्य दलालहरुले मुलुकको विभिन्न भागहरु महेन्द«नगर, ईटहरी, पोखरा, दमक, बिर्तामोड, विराटनगर, बनेपा, विरगंज, नारायणघाट, बुटवल, हेटौंडा, नेपालगंज, धरान, बेंशीशहर, बाग्लुङ्गमा आफ्नो शाखा बिस्तार गर्न नेप्सेमा आवेदन दिएका थिए ।

धितोपत्र व्यवसायी धितोपत्र दलाल (धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम (१०) मा व्यवस्था भएनुसार सदस्य दलालहरुको चुक्ता पूँजी न्यूनतम २० लाख रुपैयाँ हुनुपर्ने प्रावधान रहेको छ । संगठित दोश्रो बजार अर्थात स्टक एक्सचेन्जमा हँुदै आएको सूचीकृत धितोपत्रहरुको कारोबारको परिमाण वृद्धि सँगसँगै सदस्य दलालहरुलाई पनि वित्तीय रुपमा सक्षम बनाउने अभिप्रायले २७ जना सदस्य दलाल थप गर्न कार्यविधी समेत तयार गरेको छ । तयार गरेको कार्यविधिमा कम्पनीको किसिम प्राईभेट र पब्लिक लि.कम्पनी र चुक्ता पूँजीलाई समेत नम्बर दिई अन्य तोकिएको प्रक्रिया पूरा गरी २७ सदस्य दलाल छनौट प्रक्रिया तयार भएकाले सदस्य दलाल कम्पनीका चुक्ता पूँजी प्रायःसबै सदस्य दलालहरुको फरक फरक रहेको र आगामी दिनमा थप पूँजी वृद्धि हुने नेप्सेले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL