Logo

सगुनको आईपीओ आगामी साताबाट बन्द, २ हजारले गरे लगानी, संस्थागतलाई खुल्दै

सगुनको आईपीओ आगामी साताबाट बन्द, २ हजारले गरे लगानी, संस्थागतलाई खुल्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सगुनले सर्बसाधारणका लागि निस्कासन गरेको मिनी आइपिओ आगामी मार्च २७ देखि बन्द गर्ने भएको छ । सगुनका संस्थापक गोविन्द गिरीले मिनी आइपिओ निस्कासनमा अहिलेसम्म कम्पनीमा विश्वभरका दुई हजारभन्दा बढी सर्बसाधारण लगानीकर्ताले लगानी गरेको जुन उत्साहजन भएको बताएका छन् ।

‘रिटेल इन्भेस्टरका आधारमा हामी अमेरिकाकै दोस्रो ठूलो कम्पनी भएका छौं,’ गिरीले भने, ‘यसअघि इलियोमोले मिनी आइपिओबाट १ करोड ७० लाख डलर संकलन गरेको थियो । त्यसपछि हामीले यति सेयरधनीको विश्वास जितेका छौं ।’

उनले अमेरिका, मध्यपूर्वका मुलुकहरु, भारत, क्यानाडा, कोरियालगायतका मुलुकबाट ठूलो संख्यामा लगानीकर्ता आएको बताए । ‘मिडिल इस्ट, कोरियालगायतका मुलुकका बासिन्दाले दुख गरेर कमाएको पैसा हाम्रो कम्पनीमा लगानी गर्नु भएको छ,’ उनले भने, ‘यसले हामी प्रतिको विश्वासलाई प्रतिविम्बित गरेको छ ।’ तर नेपालबाट भने बैदेशिक लगानी गर्न नपाइने हुनाले बिदेशमा बस्ने नेपालीले मात्र लगानी गर्न सक्ने बताइएको छ ।

सर्बसाधारणका लागि मिनी आइपीओ बन्द गरेपछि संस्थागत लगानीकर्ताका लागि खुला गर्ने उनले बताए । ‘हामी एक महिना भित्र अमेरिकी सेक्युरिटी एक्स्चेन्ज र फिनरासँग अनुमति लिएर संस्थापक लगानीकर्ताका लागि सेयर निस्कासन गर्ने छौं,’ उनले भने, ‘यसपछिको काम ब्रोकर डिलरले गर्ने छ । त्यतिखेर सर्बसाधारण लगानीकर्ताले लगानी गर्ने अबसर नपाउन सक्छन् ।’

सगुनले मिनी आइपिओमार्फत २ करोड डलरको सेयर विक्री गर्ने योजना बनाएको छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्न सक्छन् ।

गिरीले आगामी ५ वर्षभित्र सगुन १० अर्ब डलरको कम्पनी बन्ने दावी गरे । त्यतिखेर कम्पनीमा १ हजारभन्दा बढी कर्मचारी हुने उनको प्रक्षेपण छ ।सगुनले बार्षिक २ करोड डलर बार्षिक आम्दानी गर्ने उनको विजनेस प्लानले बताउँछ । युजरको संख्या पनि १ करोड नाघ्ने उनले अनुमान गरेका छन् । साथै सगुन राम्रो हुदै जादा नेपालमा समेत सूचना प्रबिधि क्षेत्रको अनुसन्धान तथा प्रबिधिको बिकासको ठुलो रकम भित्राउने समेत यस अघि नै बताइसकेको छ ।

सगुनले ३ वटा रेभेन्यु सेयरिङ मोडल बनाएको जनाएको छ । एउटा फेसबुकले गर्ने जस्तो ब्यानर एडभर्टाइजिङ हो । ‘हामी एप्लिकेसन्सको स्टोरीसँग म्याच हुने खालेका एड राख्छौं, उनले भने, ‘हामीले राख्ने विज्ञापन ज्ञानमा आधारित हुनेछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL