Logo

बजाज पल्सर एनएस १६० ‘पावर टू प्ले’ सार्वजनिक, मूल्य २ लाख ५९ हजार

बजाज पल्सर एनएस १६० ‘पावर टू प्ले’ सार्वजनिक, मूल्य २ लाख ५९ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजाजको एनएस १६० पल्सर सार्वजनिक भएको छ । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले सो नयाँ मोडल सार्वजनिक गरेको हो ।

नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई १६० दशमलव ३ सीसीको ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन रहेको छ । यसले १५ दशमलव ५ पिए एट दि रेट ८ हजार ५ सय आरपीएमको शक्ति तथा ६ हजार ५०० आरपीएममा १४ दशमलव ६ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ ।

यो बाइकमा न्यूनतम हेड फेयरिंग रहेको छ, जसमा ५५ वाटको हेलोजिन हेडल्याम्प, नयाँ फ्यूल फिलर क्याप, एनालग टुयाक्टोमिटरका साथमा डिजिटल इन्स्ट्रुमेन्ट प्यानेल, निट्रोमोनो सक रियर सस्पेन्सन, सिल्भर फिनिस सेन्टर स्टे एण्ड रियर फुट रेस्ट, एयर डिफ्लेक्टिंग कोल, क्लियर लेन्स इन्डिकेटरहरु छन् । यसको पछाडिको भागमा, स्प्लीट एलईडी टेल ल्याम्प राखिएको छ ।

पल्सर एनएस १६० प्यासन रेड, पर्ल मेटालिक ह्वाइट र सापिरे ब्लू मिक्ड स्टेन ब्ल्याक रङमा उपलब्ध छ । यो मोटरसाइकलको बजार मूल्य २ लाख५९ हजार ९ सय तोकिएको छ ।
बजाजको उच्चतहको उत्पादन,डिजाइन तथाविशिष्ट इन्जिन प्रविधिले रोजाइको मोटरसाइकल बनेको हंसराज हुलासचन्द कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छा बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL