Logo

नेपाल एग्रीटेक प्रदर्शनीमा महिन्द्राका कृषि समाधानका रेन्ज, कृषि प्रविधिमा समृद्धिको लक्ष्य

नेपाल एग्रीटेक प्रदर्शनीमा महिन्द्राका कृषि समाधानका रेन्ज, कृषि प्रविधिमा समृद्धिको लक्ष्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अग्नि ग्रुपले काठमाडौंमा भएको नेपालको पहिलो ‘नेपाल एग्रीटेक, २०१७’ मा आफ्नो सम्पूर्ण कृषि समाधानहरुको रेन्जलाई प्रदर्शनीमा राखेको छ । महिन्द्राको एण्ड महिन्द्राका लागि नेपालको लागि आधिकारीक विक्रेता अग्निले उक्त प्रदर्शनीमा महिन्द्रा ट्रयाक्टरहरु अन्तर्गत अर्जुन नोभो ६०५ डि.आई. ४डब्लुडी, र युभो ५७५ डि.आई. प्रदर्शन गरेको हो ।

त्यस्तै स्वराज ट्रयाक्टरमध्ये स्वराज ८५५ र ९६०एफ.ई. राखिएका थिए । त्यसैगरी, एप्लिट्रयाक अन्तर्गत रोटेभेटरका साथै अर्थमास्टर एसएक्स फोरडब्लुडी पनि प्रदर्शनीमा थिए ।

नेपालका कृषकहरुको जीवनमा सकारात्मक प्रभाव पार्न कृषि प्राविधिमा समृद्धिको लक्ष्यसहित महिन्द्राले उक्त कार्यक्रममा आफ्नो स्टेजमार्पmत एउटा “एग्रीजोन” को संरचना गरेको थियो । उक्त एग्रीजोनले प्राविधिक रुपमा उन्नत महिन्द्रा नोभो तथा युभो ट्रयाक्टरहरु, एप्लिट्रयाक इम्प्लीमेन्ट्स् र स्वराज ट्रयाक्टरहरु सँगै चाँडै अनावरण गर्न लागिएको महिन्द्राको उपयुक्त कृषि परामर्श तथा कृषि–अर्थशास्त्र सेवा प्रदान गर्ने फ्ल्याग्शिपपहल“समृद्धि सेन्टर” पनि प्रस्तुत गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL