Logo

मर्कनटाइल प्लाजामा शुरु भयो मोवाइल मेला, एक्स्चेञ्जदेखि एशोसरिजमा ५० प्रतिशतसम्म छुट

मर्कनटाइल प्लाजामा शुरु भयो मोवाइल मेला, एक्स्चेञ्जदेखि एशोसरिजमा ५० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दरबारमार्गस्थित एप्पल वल्र्डले नयाँ वर्षको अवसर पारेर मोवाइल मेला शुरु गरेको छ । मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्डले अन्य कम्पनीसँगको सहकार्यमा उक्त मेला शुरु गरेको हो ।

नयाँ बर्षको अबसरमा सिटिभी मोबाइल, द वल्र्डभिजन मोबाइल, लिंक इलेक्ट्रोनिक्स मोबाइल, सिटिभी केयर र एप्पल वल्र्ड मोबाइलले संयुक्त रुपमा मोबाइल मेला आयोजना गरेका हुन् ।

मेला अबधीभर सबै ब्राण्डका मोबाइल सस्तोमा बिक्री बितरण तथा १ घण्टामा मोबाइल मर्मत गरिने मोबाइल मेलाका संयोजक तथा एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । मेलामा एप्पल वल्र्ड मोबाइल र सिटिभी केयरले संयुक्त रुपमा १ घण्टे मोबाइल केयर सेवा पनि संचालनमा ल्याएका हुन् ।

यसैगरि मेला अबधीभरमा जुनसुकै मोबाइल पनि एक्सचेन्ज गरि अर्को मोबाइल लिन सकिने ब्यबस्था गरिएको छ । १ हजार २ सय देखि १ लाख ३० हजार रुपैयाँसम्मका नेपालमा उपलब्ध सवै ब्राण्डका मोबाइल सेटका लागि आवश्यक एशोसरिजमा भने ५० प्रतिशत सम्म छुट दिइने संयोजक ग्लाइडरले जानकारी दिए ।

हिजोबाट शुरु भएको सो मेला १५ दिनसम्म चल्ने छ । मेलामा बजारमा भन्दा सस्तोमा मोबाइल पाइने वल्र्डभिजन मोबाइल प्रालिका प्रबन्ध निर्देशक संगम राइले जानकारी दिए । मेलामा नेपाल उपलब्ध १ दर्जनभन्दा बढी मोवाइल कम्पनीको उपस्थिती रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL