Logo

सोलार व्यवसायमा पञ्चकन्या ग्रूप, घरायसी प्रयोजनमा ३४५ वाटसम्म उपलब्ध

सोलार व्यवसायमा पञ्चकन्या ग्रूप, घरायसी प्रयोजनमा ३४५ वाटसम्म उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पञ्चकन्या ग्रूपले नियो सोलार प्यानल बजारमा ल्याएको छ । कम्पनीले घरायसी प्रयोजनका लागि आधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएको नियो सोलार प्यानल ल्याएको हो ।

कम्पनीले हाल २९० वाट र ३४५ वाट गरी दुई किसिमका सोलार प्यानल बजारमा उपलब्ध गराएको छ । उक्त सोलारको नेपालका लागि एकमात्र आधिकारिक डिट्रिब्यूटर पञ्चकन्या ग्रूप अन्तरगतको उज्वल इनर्जी रहेको छ । सो ब्राण्डका सोलारहरु अमेरिका तथा युरोपका ५० भन्दा बढी देशमा प्रयोग हु“दै आएको कम्पनीको दावी छ ।

कम स्थानमा जडान गर्न सकिने, बढी पावर दिने, कम प्रकाशमा समेत चार्ज हुने र कम जोखिमयुक्त यसका मुख्य विशेषता हुन् । विद्युत खपत घटाई लोडसेडिङ अन्त्य गर्ने सरकारको नीतिलाई समेत टेवा पुर्याउन कम्पनीको दावी छ ।

उक्त सोलार प्यानललाई बैकल्पिक उर्जा प्रबर्धन केन्द्रले समेत प्रमाणित गरिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL