Logo

सेयर बजारमा साँढे उफ्रिदा ३४ अंकले बढ्यो नेप्से, कारोबार रकमले रच्यो इतिहास

सेयर बजारमा साँढे उफ्रिदा ३४ अंकले बढ्यो नेप्से, कारोबार रकमले रच्यो इतिहास



काठमाडौं । सोमबार बजारमा नेप्से परिसूचक ३४ अंकले बढ्न पुगेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक अन्तमा ३४ दशमलव ३६ अंकले बढ्न पुगेको छ । दोहोरो अंकले बढेको बजारमा कारोबार रकमले समेत इतिहास रचेको छ ।

laxmi

नेप्सेमा हालसम्मकै उच्च २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसका १७५ कम्पनीको ६४ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा हालसम्मकै इतिहास रचेको नेप्सेमा शिवम सिमेन्टमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

बजारमा सो कम्पनीको माग उच्च हुँदै १२ करोड ९४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने दोस्रोमा शिखर इन्स्योरेन्सको ११ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा निर्जीवन बीमा समुहको परिसुचक १८१ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचक ११७ अंकले उकालो लागेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचक पनि ४१ अंकले उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL